सोचाइको एक दिन

आज बिहान हतारमा निस्किए म। सोचाइको सेतो कमिज, खैरो पाइन्ट र खुट्टामा चप्पल लगाएर दौडिए । मलाई साथीहरु भेट्नु थियो । छिटो नपुगे गाडी छुट्छ ओहो ! चितवनको चिल्लो अनि सिधा बाटोमा सानो गाडी चल्छ, सेतो म्याजिक। होचो गाडी, ठ्याक्कै ७ जनालाई सिट भएको तर १४ जना बस्न पर्ने । गाडी छुटेन । ५ मिनेटमा पुगियो; सर्बोदय बोर्डइङ। प्रिन्सिपललाई सामान्य शिस्टाचार ब्यक्त गरेर हामी कक्षा ७ मा पुगियो ।

हामीलाई भाईबहिनीहरुलेे आँखा भरी कौतुहुलता राखेर स्वागत गरे। नाम साटासाट गरेर हामीले आयोडिनको बारेमा विद्यार्थीहरुलाई सोध्दा; उनीहरू सँग सामान्य जानकारी रहेछ। हामीले सोचाइको पोस्टर र अरु सामाग्री भित्तामा देखिने गरी मिलायौ। तेतिन्जेल विद्यार्थी ज्ञानी भएर पर्खेर बसे। साथी जयले आयोडिन् के हो, केमा पाइने हो, किन चाहिन्छ जस्तो कुराहरु बुझाए । विद्यार्थीहरु ध्यान दिएर, एकदम चाख मानेर सुन्दै थिए ।

मेरो पालो थियो अब। सानो उमेरको विद्यार्थी भएको हुनाले कथा सुन्न मन पराउलान् भन्ने सोचेर मैले नेपालमा पहिले ब्याप्त गलगाँडको समस्या र कसरी नेपालले आयोडिन युक्त नुनको प्रयोगले समस्या निर्मुल पर्‍यो भनेर भने, “धेरै बर्ष पहिला एउटा देश थियो हिमालहरु भएको, समुन्द्र बाट टाढा… “ अरु आयोडिन बारे कुराहरु, बिभिन्न चित्र देखाएर जानेसम्म को बुझाए । प्रश्न सोध न भन्दा विद्यार्थीहरु लजाए नौलो मान्छेहरुसँग।

साथी बिसर्जन र स्वोस्तिका ले कागज दिएर आयोडिनको श्रोत र महत्व लेख भन्दा सबैले लेख्न थाले । हामी सबैको बेन्च बेन्चमा गएर हेर्दै थियौ । विद्यार्थीले प्रश्नको ओईरो लगाउन थाले, “दिदी जनावरलाई आयोडिन चाहिन्छ?”, “दिदी मेरो घरमा कुकुर छ, उसलाई आयोडिन पुगेन भनी घाँटीमा डल्लो हुन्छ ?”, “दिदी आयोडिन बढि भयो भने  के हुन्छ ?”, “दिदी हजुरको (सोचाइ ) युटुब च्यानल छ ?” र यस्तै बालसुलभ प्रश्नहरुको जबाफ दिदै गए म ।

यस्तो दिनहरुले ममा खुशी भर्छन्, खुशी मन भरिएर हाँसो हुँदै पोखिन्छ। म आफू सोचाइमा काम गर्छु भनेर फर्म् भरेको दिन सम्झिन्छु। ममा हौसला र जाँगर भरिन्छ र अझै मिहिनेत र खुशी साथ काम गर्छु भन्ने सोच पलाँउछ। हामीले सम्झना स्वरुप फोटो खिचेर बिदा माग्दा, “अझै बस्नु न, २ बजे सम्म बस्नु” भन्न थाले। हामीले बिद्यालय सँग मागेको समय सक्किसकेको थियो। हामी फेरी म्याजिक गाडी चडेर छुट्यौँ। 

– Smriti Sedhai, SOCHAI Youth Volunteer

Spinacties zijn overal te vinden en de aantallen zijn bedoeld om indruk te maken. Wat werkelijk telt is de waarde per spin, die meestal in de kleine lettertjes staat.

De rekensom achter een spinaanbod

Vermenigvuldig het aantal spins met de inzet per stuk en de vergelijking wordt meteen duidelijk. Spelers die dat overzicht zoeken kunnen Spinmaya en alles op een plek nalezen. Let vooral op een maximum op de uitbetaling, want dat haalt stilletjes de waarde uit een groot pakket.

PakketSpinsInzet
Start500,20
Weekend1000,10
  • Kijk aan welk spel de spins gebonden zijn
  • Let op een maximum op de uitbetaling

Verstandig gebruikt zijn gratis spins een goedkope manier om een nieuw spel te proberen zonder eigen inzet. Beschouw ze als een kennismaking en niet als strategie. Let op de geldigheidsduur en ga verder zodra ze op zijn.

Leave a Reply